काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समयमा देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको बताएका छन् ।
७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
‘पछिल्लो समय यता केही जिल्लाहरूमा देखिएको धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाहरूले नेपाली समाजको विशेषता को रूपमा रहेको आपसी सद्भाव सहिष्णुता तथा भाइचारामा खलल पुर्याउने दुष्प्रयास गरेको देखिन्छ । यसले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ’ मन्त्री अर्यालले भने ।
जसकारण यस्ता गतिविधिलाई रोक्ने बेलैमा लाग्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।
यस्ता गतिविधिलाई बेलैमा इन्टरभेन्ट गरी भविष्यमा पुनरावृत्ति हुन नदिन गम्भीरतापूर्वक लाग्न समेत निर्देशित गर्न चाहन्छु,’ मन्त्री अर्यालले भने ।
विगत केही समय यता नागरिकमा बढेको असन्तुष्टि निराशाका कारण भाद्र २३ र २४ गते जेनजी युवा समूहद्वारा आयोजित विरोध प्रदर्शन र आन्दोलन अपेक्षा गरिए भन्दा फरक बन्न पुगेको पनि उनले बताए ।
समाजका हरेक घटनामा प्रहरीले नै फर्स्ट रेस्पोन्डरको रूपमा काम गर्ने र कानुन कार्यान्वयनमा प्रहरी नै अग्रपंक्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभई सरकार प्रतिको धारणा त्यसको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने उनले बताए ।
२३ र २४ भदौको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिबिम्ब रहेको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल प्रहरीका हुनहार तीन जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गरेको बताए ।
साथै प्रहरीका सांगठनिक देखि व्यक्तिगत सामानहरू पनि लुटपाट र आगजनी भएका छन् ।
त्यसैको अभाव झन् त्यसमा पनि यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र हैन आम नागरिक जीवनमा समेत प्रभाव पारेको उनले बताए ।
न्यून साधन स्रोतबाट कार्यसम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठुलो क्षति पुर्याएको मन्त्री अर्यालले उल्लेख गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend