Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री ओलीमाथि प्रचण्डले लगाए यस्तो गम्भीर आरोप


    बिहिबार, माघ २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै पक्राउ गर्न लागएको आरोप लगाएका छन् ।

    बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई प्रहरीले पक्राउ गरेको बताएका हुन् ।

    दाहालले भने–‘रामकुमारी झाँक्रीलाई प्रहरीले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो । हामीले रोक्न बल गर्‍यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टीप्रति हमला भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार