Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रामकुमारी झाँक्रीलाई भेट्न महाशाखा पुगे


    बिहिबार, माघ २९ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड- माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्ध कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ । 

    नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई उनलाई भेट्न महानगरीय अपराध महाशाखा मिनभवन पुगेका हुन् । झाक्रीको अनुशन्धान चलिरहेको जानकारी प्रहरीले आफूहरूलाई दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । 

    झाँक्रीले गोरखामा राष्ट्रपति विद्या भण्डारीलाई बडामहारानीको संज्ञा दिंदै भनेकी थिइन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् । 

    साेही अभिव्यक्तिका आधारमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार