Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारले अनुसन्धानका लागि लग्यो फोहर पानी प्रशोधन केन्द्रको कागजात


    बुधबार, असोज २९ २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ ।

    आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँगसम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो ।

    आयोगको कार्यालय हेटौडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए ।

    ‘‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात लगेको हो,’’ उनले भने । वीरगञ्ज महाननगर र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँमा यहाँ फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार