Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड


    बिहिबार, माघ २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

    पेरिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ नेपालको केन्द्रीय समिति राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रचण्डले ओली सरकारले लोकतन्त्र माथि ताला लगाउने काम गरेको बताएका छन् । उनले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

    झाँक्रीलाई बुधबार नै पकउ गर्न खोजिएको जनाउँदै प्रचण्डले भने ‘पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो। हामीले नपक्रन जोड गरेका थियौं। तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा पक्राउ गरेको भन्नेछ’ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार