Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामकुमारी झाँक्रीलाई गैरकानूनी रूपमा पक्राउ गरिएकाे भन्दै सर्वाेच्चमा रिट !


    बिहिबार, माघ २९ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई गैरकानुनी रूपमा पक्राउ गरिएकाे भन्दै सर्वाेच्च अदालतमा रिट दायर गर्न लागिएकाे छ । 

    अधिवक्ताद्वय राधिका खतिवडा र गुणराज आचार्यले झाँक्रीलाई गैरकानुनी रूपमा पक्राउ गरिएकाे भन्दै रिट निबेदन दर्ता गराउन लागेका हुन् ।

    झाँक्रीले गोरखामा राष्ट्रपति विद्या भण्डारीलाई बडामहारानीको संज्ञा दिंदै भनेकी थिइन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् ।

    शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गए पनि हुन्छ ।’

    यो अभिब्यक्तिपछि झाँक्रीलाई कारबाही गर्न माग गर्दै ओली निकट अनेमसंघले माघ २१ मा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

    राज्य विरूद्ध कसूर गरेकाे भन्दै नेतृ झाँक्रीलाई बिहीबार दिउँसाे प्रहरीले पक्राउ गरेकाे छ । त्यसकाे बिराेधमा नेकपा नेता कार्यकर्ताहरूले नेतृ झाँक्रीकै घर अगाडि चर्काे नाराबाजी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार