Nepal Face
  • आइतबार, १० साउन २०८३
  • असंवैधानिक र अलोकतान्त्रिक कदमबिरुद्ध बोल्नेहरुको मुख थुन्न खोजियो : गगन थापा


    बिहिबार, माघ २९ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काडमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक काम गरिरहेको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि उनले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने सरकारले त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका हुन् ।

    उनले भनेका छन् ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार