Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • रामकुमारी झाँक्रीलाई पक्राउ गरे देश मुठभेडमा जान्छः जनार्दश शर्मा


    बिहिबार, माघ २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर राज्यले मुठभेड निम्त्याउन चाहेको बताएका छन् ।

    विहिबार विहानै प्रहरीले झाँक्रीको घर घेराबन्दी गरेपछि नेता शर्माले सरकारले देशमा मुठभेड निम्त्याउन लागेको बताएका हुन् ।नेतृ झाँक्री यतिबेला प्रहरीको नजरबन्दमा परेकी छिन् । उनलाई पक्राउ गर्न प्रहरी उनी निवास पुगेपछि कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् ।

    ‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन, देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पूर्ती गर्ने षड्यन्त्र हो ।’ नेता शर्माले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार