Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी,  सोधपुछका लागि ल्याउन लागिएको होः एसएसपी थापा


    बिहिबार, माघ २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिन सरकारले प्रहरीलाई दबाब दिएको छ । राष्ट्रपति पदको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिन प्रहरीलाई प्रधानमन्त्री केपी ओलीले नै दबाब दिएका छन् ।

    प्रधानमन्त्री ओलीको दबाबमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने भएको छ । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई नियन्त्रणमा लिन लागेको स्वीकार गरे । एसएसपी थापाले भने–‘राष्ट्रपति जस्तो सम्मानित संस्थाको बारेमा दिएका अभिब्यक्तिलाई लिएर उनलाई सोधपुछका लागि आज ल्याउन लागेका हौं ।’

    नेकपा केन्द्रीय सदस्य र निवर्तमान सांसद झाँक्रीले बुधबारको बिरोध सभामा राष्ट्रपति पदको होइन, प्रधानमन्त्री ओलीको प्यादा जस्तो ब्यक्तिको बिरोध गरेको बताएकी थिइन् ।

    झाँक्रीले बुधबारको सभामा भनेकी थिइन्–‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले लगेका संविधानबिरुद्धका हरेक निर्णयमा ल्याप्चे लगाउने गरेकोप्रति लक्षित गर्दै उनले भनेकी थिइन्–‘महिला अस्मिता र संविधानविरुद्ध काम गर्ने खलपात्रविरुद्ध बोल्दा मिचिदैन, भागरथी भट्ट र निर्मला पन्तको बलात्कार र हत्या हुँदा मिचिन्छ । राष्ट्रपति संस्था हो, संस्थाको कुनै लिंग हुँदैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार