Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, ८ करोड बिगो दाबी


    सोमबार, असोज २७ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

    उनी विरुद्ध भन्सार छलेको र संगठित अपराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ जनएको छ ।

    महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । बयान र थुनछेक मंगलबार मात्र हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार