काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो ।
आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहको उपसूचक हरियो देखिएको छ । बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क एक दशमलव ४१, वित्त एक दशमलव ०२, होटल तथा पर्यटन तीन दशमलव ३५, जलविद्युत् दुई दशमलव १०, लगानी दुई दशमलव २७ र जीवन बीमा समूह एक दशमलव ९२ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ५६, लघुवित्त शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ४४, व्यापार दुई दशमलव ८१ र अन्य समूह पाँच दशमलव ०१ प्रतिशतले बढेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३१ करोड ९१ लाख चार हजार ७३२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी सनराइज बैङ्क लिमिटेडको पाँच लाख २३ हजार २३३ कित्ता शेयर किनबेच भएको हो
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend