Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २५ करोडसहित टोखाबाट पक्राउ परेका कुसाङ पनि कारागारबाट फरार


    सोमबार, असोज २७ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ ।

    सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) मा रहेका उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना बित्दा समेत न उनी कारागार फर्केका छन् न अहिलेसम्म पक्राउ नै परेका छन् ।

    कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीहरुको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा लामाको पनि नाम छ ।

    उनलाई २०८१ चैत ४ गते टोखाबाट २५ करोड रकमसहित पक्राउ गरेको थियो। उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी रकम बारमद गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार