काठमाडाैँ । महान्यायाधिवक्ता अग्नि खरेलले मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्न अधिवक्ताहरुलाई आग्रह गरेका छन्।
उच्च सरकारी वकिलको कार्यालय इलामकोे नवनिर्मित भवनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले विषवस्तुमाथि गहिरिएर अध्ययनपछि मात्र मुद्दाको काम गर्न अधिवक्ताहरुलाई आग्रह गरेका हुन् ।
“अपराध गर्ने मान्छेले पनि शर्तकताका साथ अपराध गरिरहेको हुन्छ”, महान्यायाधिवक्ता खरेलले भने, “प्रमाण जुटाउनुपर्ने क्रममा सरकारी वकिलको गम्भीर दायित्व रहेको हुन्छ, त्यसैले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र मुद्दा चलाउनुहोस् ।”
मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु तीन करोड २२ लाख पाँच हजार ३०० को लागतमा निर्माण सम्पन्न भएको सो पाँच तले भवनमा १८ कोठा रहेका छन् । लिफ्टसहितको भवन अपाङ्गमैत्री रहेको उच्च सरकारी वकिल कार्यालय इलामका सहन्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए । उनले भवनभित्र पुस्तकालय, अभिलेखालय कक्ष र सभाहलको सुविधा रहेको बताए ।
२०७८ जेठ २३ गतेसम्ममा भवनको निर्माण सम्पन्न गर्ने गरी २०७६ जेठ २४ गते जोशी नायग्रा शङ्कर जेभी इलामले निर्माणको ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले सम्झौता मितिभन्दा अगाडि नै भवन निर्माण गरेर सो कार्यालयको जिम्मा लगाइएको बताइएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend