काठमाडाैँ । वाग्मती प्रदेश सरकारले यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा जगदिशचन्द्र ढुङ्गानालाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश र शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानबीच प्रदेशभित्रका हृदयघातबाट प्रभावितहरूको उपचारमा निरन्तरता दिने र १२ घण्टाभित्रै हृदयघात भएका बिरामीलाई उपचारको लागि प्रदेश सरकारले शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानसम्म पु¥याउने सहमति भएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
बैठकले विभिन्न विधेयक तर्जुमाको लागि आवश्यक समितिमा पठाउने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रवक्ता ढुङ्गेलले बताए ।
यसैगरी उक्त बैठकले स्थानीय निकायमार्फत प्रदेशका विभिन्न कानून कार्यान्वयन गराउन कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई जिम्मेवारी दिने सहमति गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिए । सोही बैठकले प्रदेशभित्रका सङ्घीय प्रहरी एकाइमा सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend