Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ तोलामै ४ हजारले घट्यो, कतिमा हुदैछ कारोबार ?


    शुक्रबार, असोज २४ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पाँच दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ।

    आज सुनको मूल्य तोलामा चार हजार दुईसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार सुनको मूल्य आज दुई लाख ३५ हजार कायम भएको छ। बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार २०० थियो।

    चाँदीको मूल्य भने आज पनि बढेको छ। बिहीबार प्रतितोला तीन हजार २५ मा खरिदबिक्री भएको चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँ बढेर तीन हजार ८५ पुगेको छ। चाँदीको पनि यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार