Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. निकोलस भूसालले गाँजा सेवन गरेको पुष्टि, प्रहरीले सुधार केन्द्र पठायो


    बिहिबार, असोज २३ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार दिउँसो माइतीघरमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका अभियन्ता डा. निकोलस भूसाललाई प्रहरीले सुधार केन्द्र पठाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउपछि गरिएको स्वास्थ्य परीक्षण (मेडिकल रिपोर्ट) मा भूसालले गाँजा सेवन गरेको प्रमाण फेलापरेपछि उनलाई सुधार केन्द्रमा पठाइएको हो ।

    गाँजा सेवन गरेको मेडिकल रिपोर्ट आएपछि प्रहरीले भूसाललाई सुधार केन्द्र पठाएको बताएको छ । प्रहरीले निकोलसलाई उनका दाजुको जिम्मामा सुधार केन्द्र पठाएको जनाएको छ ।

    उनीसहित अन्य प्रदर्शनकारीलाई पनि प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । जेनजीको माग सम्बोधन नभएको भन्दै माइतीघरमा भेला भएका भूसालसहितले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार