Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिगमनविरुद्ध बाेल्न पाउने अधिकार संविधानले सुनिश्चित गरेकाे छः रामकुमारी झाँक्री


    बुधबार, माघ २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनविरुद्ध वोल्न पाउने अधिकार संबिधानले सुनिश्चित गरेको बताएकी छिन् ।

    प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह बन्न खाेजेकाे बताउदै संविधानले बोल्न पाउने अधिकारलाई सुनिश्चित गरेको बताइन्।

    नेतृ झाँक्रीले हिजो गणतन्त्रको आन्दोलन हुँदा अहिले उनले केपी ओली कागजी बादशाह भएको बताउदै अब उनी ढलिसकेको बताएकी छन् । ओलीले आफ्नो अन्त्य हुदै गर्दा आफ्ना सालिक बनाउदै हिडेको आरोप लगाउदै अब ओलीको अन्त्य निश्चित भएको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार