Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ १२ सयले बढ्यो, आज कतिमा हुदैछ कारोबार ?


    बिहिबार, असोज २३ २०८२
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुनको भाउ १२ सयले बढ्यो, आज कतिमा हुदैछ कारोबार रु

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेको हो।

    आज छापवल सुन प्रतितोला दुई लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार सुन तोलामा दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य २ हजार नौ सय ५५ रुपैयाँ कायम भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार