Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजकुमार गुप्ता लगायतका पूर्व मन्त्रीहरू मुछिएको लिचीबारी जग्गा प्रकरणको फाइल विशेष अदालत पुग्यो


    बुधबार, असोज २२ २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा सम्बन्धित मुद्दा विशेष अदालतमा पठाएको छ। स्रोतका अनुसार, मुद्दाको फाइल केही बेर अघि विशेष अदालत पुर्याइएको हो।

    यस प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्व मन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन्।

    उनीहरुविरुद्ध केहीबेरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ। थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार