Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृङ्खला जित


    बुधबार, असोज २२ २०८२
    730
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको ५ टी-२० अन्तर्राष्ट्रिय खेलको शृङ्खला ३-२ ले जितेको छ ।

    बुधबार बिहान सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपालले बुधबार भएको पाँचौँ टी-२० अन्तर्राष्ट्रियमा मलेसियालाई ५ विकेटले पराजित गरेसँगै शृङ्खला कब्जा गरेको हो ।

    मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।

    मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १र१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् ।

    नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।

    नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार