काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा आवद्ध महिला नेतृहरुले रामकुमारी झाँक्रीले गोरखामा राष्ट्रपतिलाई बडामहारानी भनेर अपमान गरेको भन्दै कारबाहीको माग गरेका छन्। महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र दिएपछि नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रहेकी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा गृहसचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका छन् । झाँक्रीलाई पक्राउ गर्न गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयलाई लगातार दबाब दिएको एक उच्च प्रहरी अधिकारीले वताए।
गृहसचिव न्यौपानेले झाँक्रीलाई पक्राउ गर्न दबाब दिए पनि प्रहरी प्रधान कार्यालय भने पक्राउ गर्न नहुने पक्षमा रहेको स्रोतको दाबी छ । पक्राउ गरेपछि राजनीतिक घटनाक्रमको माहोल बिग्रन सक्ने र आन्दोलन थप उत्तेजिततर्फ जान सक्ने कुराको भय छ । जुन कुरालाई प्रधान कार्यालयले राम्रोसँग बिश्लेशण गरेको वताइएको छ।
झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुनेगरी बोलेको आरोप लगाइएको छ । गोरखामा विरोध सभामा झाँक्रीले राष्ट्रपतिलाई थिइन –‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् । ‘शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गएपनि हुन्छ ।’
झाँक्रीले दिएको अभिव्यक्तिपछि राष्ट्रपति भण्डारी असन्तुष्ट बनेकी छन् । भण्डारीको असन्तुष्टिलाई मेटाउन पनि झाँक्रीलाई पक्राउ गर्न राज्यका संयन्त्र परिचालन गरिएको हो । यता, झाँक्रीले गोरखामा दिएको मन्तब्यलाई लिएर कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र दिने समूह भने बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या हुँदा चुपचाप छ ।
भागरथीको बलात्कारपछि हत्या गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । ओली सरकारले निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ बर्षसम्म पनि दोषी पत्ता लगाउन सकेको छैन । भागरथीको बलात्कारपछि हत्या गर्नेलाई प्रहरीले यतिका दिनसम्म पक्राउ गर्न नसक्नुले निर्मलाकै जस्तो हविगत हुने हो कि भन्ने चिन्ता परिवारलाई पर्न थालेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend