काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) मा आवद्ध महिला नेतृहरुले रामकुमारी झाँक्रीले गोरखामा दिएको मन्तब्यलाई लिएर कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन दिए ।
प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार सीता पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य, निरु पालहरुले २०७७ माघ २१ मा गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका थिए ।
राष्ट्रपतिले सक्रिय राजनीति गर्न चाहेको भए कोटेश्वर, बालकोट वा जहाँ भए पनि चुनाब उठ्न गए हुन्छ भनेर रामकुमारी झाक्रीले भन्दा अपमान भयो कारबाही गर्नुपर्यो भन्दै गृहमन्त्रीकोमा ज्ञापनपत्र बुझाउन जाने महिला नेतृहरु आज भागरथी भट्टको बलात्कारपछि हत्या हुँदा चुपचाप छन् ।
भागरथीको बलात्कारपछि हत्या भएको बिषयमा ओलीनिकट अनेमसंघले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको छैन ।
भागरथीको बलात्कारपछि हत्या गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ बर्षसम्म पनि दोषी पत्ता लगाउन सकेको छैन । भागरथीको बलात्कारपछि हत्या गर्नेलाई प्रहरीले यतिका दिनसम्म पक्राउ गर्न नसक्नुले निर्मलाकै जस्तो हविगत हुने हो कि भन्ने चिन्ता परिवारलाई पर्न थालेको छ । भागरथीको बलात्कारपछि हत्या गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ बर्षसम्म पनि दोषी पत्ता लगाउन सकेको छैन ।
भागरथीको बलात्कारपछि हत्या गर्नेलाई प्रहरीले १ हप्तासम्म पक्राउ गर्न नसक्नुले निर्मलाकै जस्तो हविगत हुने हो कि भन्ने चिन्ता परिवारलाई पर्न थालेको छ । बैतडी दोगडाकेदार गाउँपालिका–७ की भागरथीको २०७७ माघ २१ मा विद्यालयबाट पढेर घर फर्किने क्रममा बलात्कारपछि बिभत्स हत्या भएको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend