Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा प्रचण्ड -नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै


    बुधबार, माघ २८ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज काठमाडौंमा नेकपा  प्रचण्ड -नेपाल समूहले शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज  काठमाडौंमा शक्ति प्रदर्शनको कार्यक्रम राखेको छ ।

    नेकपा  प्रचण्ड -नेपाल समूहले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे मूल जुलुस निस्कने छ। संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले काठमाडौं उपत्यकाको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिका अनुसार पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन् ।

    त्यस्तैगरि त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुले गर्ने छन् ।

    माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल, केन्द्रीय कमिटी सदस्यहरु सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूलाई दिइएको नेकपाले जनाएको छ ।

    केशरमहलबाट निसक्ने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार