Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो   


    सोमबार, असोज २० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इनरुवा (सुनसरी) । अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ ।

    गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

    अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उहाँले बताउनुभयो । आइतबार विहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो । (रासस)
    x

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार