Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली निकट युवासंघको जम्बो कमिटीमा को को भए पदाधिकारी ?


    मंगलबार, माघ २७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूह निकट युवासंघको सोमबार सम्पन्न भेलाले ५५ पदाधिकारी र ७ सय केन्द्रीय कमिटी मनोनीत गर्ने निर्णय गरेको छ । एकीकृत युवासंघको केन्द्रीय कमिटी ३ सय ३५ सदस्य रहेकोमा ओली समूह निकट युवासंघमा १ सय ३० जना गएका छन् । २ सय ५ जना प्रचण्ड–माधव समूहमै छन् ।

    ओली समूहले सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन ललितपुर च्यासलमा गरेको दोस्रो पूर्ण बैठक भनिएको भेलामा तिनै १ सय ३० सहभागी थिए । तिनै १ सय ३० को भेलाले २ सय ५ जनालाई कारबाही गरी ५५ पदाधिकारी र ७ सय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । ओली समूहको युवासंघको भेला गृहमन्त्री रामबहादुर थापा बादल समूहले बहिस्कार गरेको छ ।  

    बादल निकट युवाहरु सहभागी नभएको भेलाले ५५ पदाधिकारीमा केही खाली राखी मनोनीत गरेको छ । बादल समूहलाई थामथुम पार्नका लागि पदाधिकारीको संख्या अझ बढाउन पनि सकिने भनेर बचनबहादुर सिंहहरुले फकाइरहेका छन् । बादल समूहका युवाहरुले बहिस्कार गर्दा पनि ओली गुटमै अध्यक्ष लगायतका पदाधिकारीको बिषयमा ठूलो विवाद भएर हुटिङ भई कुटाकुटकै अवस्था सृजना भएको थियो ।

     युवासंघमा उपाध्यक्षको पद १४ र सचिवको संख्या ३० पुर्याइएको छ । कोषाध्यक्षमात्र नभएर सहकोषाध्यक्षसमेत दुई जना राखिएको छ, पद भागबण्डा मिलाउन ।  
    ओली निकट युवासंघको अध्यक्षमा वचनबहादुर सिंह, सहअध्यक्षमा किरण पौडेल र महासचिवमा रमेश आचार्य मनोनीत भएका छन् ।

    उपाध्यक्षहरु सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी लगायत छन् । अझै चयन हुन बाँकी नै छन् । 
    उपमहासचिवमा सोमबारसम्म रामजी सापकोटा र रमेश तिवारी छन् ।

    सोमबार मनोनीत भएका सचिवहरुमा सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, विनय शाह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरि त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम, सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई छन् । कोषाध्यक्षमा मुकेश बुढाथोकी मनोनीत भएका छन् ।

    सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसीलाई बनाइएको छ । निर्वाचन आयोग प्रमुखमा बाबुराम पाण्डे चयन भएका छन् ।  लेखा आयोग प्रमुख  सुदीप सापकोटा र उपप्रमुख– प्रल्हाद प्रधान छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार