Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार डेकेन्द्र थापाको हत्या अभियाेगमा पक्राउ परेका शाहीलाई छाड्न वैद्य माओवादीको माग


    मंगलबार, माघ २७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा पक्राउ परेका ६८ वर्षीय जयबहादुर शाहीलाई छाड्न माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता प्रतीकले उनलाई अविलम्ब, विनासर्त रिहाइ गर्न माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुङ्ग्याउनु पर्नेमा अदालती प्रक्रियामा लगेको प्रति हाम्रो पार्टी घोर विरोध गर्दछ र उहाँलाई अविलम्ब एवम् विनासर्त रिहाइ गर्न जोडदार माग गर्दछ ।’

    जिल्ला प्रहरी कार्यालय, दैलेखले शाहीलाई २४ माघमा पक्राउ गरेको थियो । प्रहरीका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको हो ।

    nekapa-krantikari-press-note.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार