काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर प्रा. डा.विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ।
राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै घर भाडामा लिन प्रस्ताव गरेको हो। गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई वटा घर जेन जेड आन्दोलनका बेला जलाइएको थियो
राष्ट्र बैंकले ललितपुर बखुन्डोलदेखि भैँसेपाटीसम्मको क्षेत्रमा अवस्थित १६ आनादेखि २४ आनासम्म जग्गा भएको र कम्तीमा ६ वटा काररजिप पार्किङ गर्न मिल्ने क्षेत्रसहितको घर भाडामा लिन खोजेको छ।
आरसीसी स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्गफिट पिलिन्थ क्षेत्रफलमा बनेको र कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको घर खोजेको छ।
सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्र सडकसँग जोडिएको, बिजुली, ढल निकास र खानेपानी लगायत पूर्वाधार व्यवस्था भएको घर खोजी गरिएको छ । २७ असोजसम्म घर भाडा प्रस्ताव पेस गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ।
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend