Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नरलाई भाडाको घर खोज्दै राष्ट्र बैंक


    आइतबार, असोज १२ २०८२
    885
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर प्रा. डा.विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ।

    राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै घर भाडामा लिन प्रस्ताव गरेको हो। गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई वटा घर जेन जेड आन्दोलनका बेला जलाइएको थियो

    राष्ट्र बैंकले ललितपुर बखुन्डोलदेखि भैँसेपाटीसम्मको क्षेत्रमा अवस्थित १६ आनादेखि २४ आनासम्म जग्गा भएको र कम्तीमा ६ वटा काररजिप पार्किङ गर्न मिल्ने क्षेत्रसहितको घर भाडामा लिन खोजेको छ।

    आरसीसी स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्गफिट पिलिन्थ क्षेत्रफलमा बनेको र कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको घर खोजेको छ।

    सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्र सडकसँग जोडिएको, बिजुली, ढल निकास र खानेपानी लगायत पूर्वाधार व्यवस्था भएको घर खोजी गरिएको छ । २७ असोजसम्म घर भाडा प्रस्ताव पेस गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार