Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    आइतबार, असोज १२ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेको हो।

    आज ९आइतबार) छापवाल सुन प्रतितोला २ लाख २३ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यस अघि शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर २८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २७४० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार