काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको नजिक पुगिसकेको दाबी गरेका छन्। उनले अढाई वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा जस्तो भागरथीको घटनामा दोषी पत्ता लगाउन जटिल नहुने जिकिर पनि गरे।
नेपाली कांग्रेसको विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघले मंगलबार बिहान बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री थापाले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्ण रूपले बैतडी केन्द्रित रहेको बताए।
नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोलीले मंगलबार बिहान मन्त्री निवास पुल्चोक पुगेर गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा भट्टको हत्या घटनामा संलग्नलाई तत्काल गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ।
गृहमन्त्री थापाले सरकारको ध्यानाकर्षणका लागि धन्यवाद दिँदै सरकारले युवा, विद्यार्थी, नागरिक समाज सबैको सहयोगको अपेक्षा गरेको समेत बताएका थिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend