काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्वतयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
नेपालीहरूको महान चाड बडादशैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय हलचोकबाट मातहतका सबै इकाईलाई सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन्।
उनले सशस्त्र प्रहरी बल, नेपालको गौरवमय परम्परालाई जीवन्त राख्दै, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराईको उष्णतादेखि हिमालको कठोर चिसोसम्म र अन्तर्राष्ट्रिय शान्ति मिसनहरूमा अहोरात्र देश र जनताको शान्ति, सुरक्षा र उद्धारमा समर्पित सशस्त्र प्रहरी कर्मचारीहरूलाई नागरिकको सेवा र अपराध नियन्त्रणमा कार्यक्षेत्रमा प्रभावकारी रूपमा खटिन अनुरोध गरे ।
महानिरीक्षक अर्यालले आगामी फाल्गुन २१ गते तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्वतयारी सुरु गर्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।
उनले नजिकिँदै गरेका चाडपर्व नागरिकले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन तथा सीमा नाकाहरूबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सम्मानजनक तथा सुरक्षित आवागमनको लागि आवश्यक स्थानहरूमा सहायता–डेस्कहरूको स्थापना गरी समकक्षी सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको समन्वयमा प्रभावकारी परिचालन र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा सडक दुर्घटना, बाढी, पहिरो, आगलागीजस्ता विपद्हरूको जोखिमलाई ध्यानमा राखी उद्धार टोलीलाई पूर्ण तयारी हालतमा राख्न निर्देशन दिदै विपद् व्यवस्थापनमा प्रभावकारिता बढाउन प्रारम्भिक चेतावनी प्रणालीको विकास र उपयोग, स्थानीय प्रशासन र समकक्षी निकायहरूसँग समन्वय गरी विपद् प्रतिकार्य योजना अद्यावधिक गर्न समेत निर्देशन दिए ।
उनले भन्सार नाकाहरूबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रण गर्न सके राष्ट्रिय अर्थतन्त्रमा थप योगदान गर्न सकिने भएकाले चाडपर्वको मौका छोपेर सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्नेतर्फ पनि सचेत हुन आग्ह गरेका छन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend