Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिलाे चरणमा ४० र दाेस्राे चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय


    मंगलबार, माघ २७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पहिलाे चरणमा ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा हुने निर्वाचन प्रदेशहरु र त्यसअन्तर्गतका जिल्ला विभाजन गरेको हो ।

    वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।

    आज निर्वाचन आयोगमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका विषयमा जानकारी गराउँदै निर्वाचन तयारीबारे छलफल गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार