Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चन्द्रागिरिमा चिर्पटले हानेर महिलाको हत्या, एक युवक पक्राउ


    बिहिबार, असोज ९ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चन्द्रागिरि नगरपालिका-१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ । दाउराको चिर्पटले टाउकामा हानेर महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा छन् । थापागाउँ नै घर भएका सरोजले चन्द्रागिरि नगरपालिका-६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोप छ ।

    दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मृत महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार