Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउले आजपनि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    बुधबार, असोज ८ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सय रुपैयाँले बढेको हो । आज छापवाल सुन प्रतितोला २ लाख २३ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि मंगलबार सुन तोलाको २ लाख २१ हजार ७ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २६८० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार