विराटनगर । मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कोहीकसैसँग सम्झौता नगरिने स्पष्ट गरेका छन् ।
मोरङ जिल्लामा सरुवा भएपछि आज यहाँस्थित सञ्चारकर्मीहरूसँगको भेटघाटमा प्रहरी उपरीक्षक कटवाले जिल्लामा अमनचयन कायम गरी आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजमा हुनसकने चारी, डकैती, तस्करीलगायत आपराधिक क्रियाकलाप पूर्णरुपमा नियन्त्रण गर्ने, कुनै कसिमको गैह्रकानुनी कामकारबाही हुन नदिने र कानुन हातमा लिई व्यक्ति तथा समाजलाई आतङ्कित बनाउन प्रयास गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउने काममा समर्पित नेपाल प्रहरीलाई सहयोग गर्न जिल्लाबासीसँग अनुरोध गरे ।
प्रहरी उपरीक्षक कटवालले विगतका घटनाक्रमबाट पाठ सिकेर प्रहरी सङ्गठन अघि बढ्ने विश्वास दिलाउँदै देश र जनताको पक्षमा अहोरात्र खटिने सुरक्षा संयन्त्रलाई सञ्चारकर्मीसहित समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend