Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्ने


    बुधबार, असोज ८ २०८२
    625
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय चस्मतिमा आज अपराह्न १ बजे बस्न लागेको हो ।

    मंगलबारबाट केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बस्ने भएको हो ।

    मंगलबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पछिल्लो जेन जेड प्रदर्शनका क्रममा नख्खु कारागार पुगेका नेताहरूबारे आपत्ति जनाएका छन् ।

    सभापति रवि लामिछाने कारागारबाट छुट्ने भएपछि केन्द्रीय नेताहरूसमेत नख्खु कारागार पुगेका थिए । प्रवक्ता मनिष झाले आगजनीमा संलग्न टोलीलाई उक्साएको भिडियो समेत भाइरल बनेको थियो ।

    सो विषयमा हिजो (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा झाले आपत्ति जनाएका थिए । यद्यपि बैठकमा भने अधिकांश नेताहरूले प्रश्न उठाएका छन् ।

    जेन जेड आन्दोलनको स्वामित्व पार्टीले लिन नसकेकोप्रति पनि अधिकांश नेताहरूले टिप्पणी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार