विराटनगर । विराटनगर महानगरपालिका–९ धोवियारीकी २९ वर्षीया रागिनी साहमाथि तेजाब प्रहार भएको छ । उनको अनुहारमा देवरले तेजाब प्रहार गरेका हुन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार २२ वर्षीय श्रवण साहले घरायसी विवादका क्रममा भाउजू रागिनीमाथि सोमबार बिहान १०:१५ बजेतिर तेजाब प्रहार गरेको खुलेको छ । घटनापछि श्रवण फरार छन् ।
तेजाव प्रहारबाट रागिनीको अनुहारमा चोट लागेको छ । तर, आँखा बचेको छ । उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार उपचाररत उनको अवस्था खतरामुक्त छ । लेनदेनसम्बन्धी विवादका क्रममा देवरले भाउजूमाथि तेजाब प्रहार गरेको पाइएको डीएसपी चुँडालले बताइन् ।
घटनापछि फरार रहेका श्रवणको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ छ । भाउजूलाई तेजाब हानेर श्रवण भारततिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
तेजाब मानव शरीरका लागि अत्यन्त खतरनाक एवं हानिकारक रसायनिक पदार्थ हो । छालामा लाग्दा पोल्ने, पिल्साउने, दृष्टि गुम्ने र दीर्घकालीन नोक्सान पुर्याउने चिकित्सकहरू बताउँछन् । नेपालको कानुनले तेजाब आक्रमणलाई गम्भीर एवं दण्डनीय अपराध मानेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend