Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या


    मंगलबार, असोज ७ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।

    घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको उनले बताए । परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।

    सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार