Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटन: प्रधानमन्त्रीका निजी वकिलहरू बहस गर्दै


    सोमबार, माघ २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधसभा विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेकाे रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरूले बहस थालेका छन् । साेमबारकाे बहसमा अहिले अधिवक्ता ईश्वरी भट्टराईले बहस गरिरहेका छन् ।

    हिजो महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न सरकारका पक्षबाट निजी कानुन व्यवसायीहरूले बहस थालेका थिए ।

    संसद विघटनको पक्षमा सरकारका तर्फबाट डेढ सय भन्दाबढी निजी वकिलले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता रमेश बडालले हिजो बहस सकेका थिए ।

    प्रधानन्यायाधीस चाेलेन्द्र शमसेर जबरारे माघ ३० भित्र बहस सक्न सरकार पक्षलाई समय दिएका छन् । १३ निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार