Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओलीका प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी छ: गगन थापा


    आइतबार, माघ २५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी रहेको बताएका छन् ।

    पर्सामा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै थापाले ओलीमाथि जनताको भगवानप्रतिको आस्थासँग खेल्न खोजेको आरोप समेत लगाए ।

    दुई वर्षअगाडि सांसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै उनले भने, ‘होलीवाइनको त्यत्रो काण्ड रच्दै गर्दा कहिल्यै पशुपति सम्झिनुभएन । अहिले रुद्राक्षको गह्रौं माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने तपाईं हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ ।’

    ‘सीता माताको प्रदेशका कयौं नागरिकले नागरिकता पाएका छैनन्, तिनलाई नागरिकता दिउँ भन्दा प्रधानमन्त्री केपी ओली कहिल्यै तयार हुनु भएन । तर आज भगवान रामलाई नागरिकता दिन लाग्नुभएको छ’ उनले अघि भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार