रौतहट । सशस्त्र प्रहरी बल, नेपाल नं। २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको निरीक्षण गर्दै उनले सीमाबाट हुने अवैध ओसारपसार, चोरी–तस्करी तथा लागुऔषध कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्न आदेश दिएका हुन्।
जेनजी आन्दोलनपछि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बुझ्न तथा सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन उनी रौतहट पुगेका थिए। डिआईजी ढकालले गौरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको नवनिर्मित भवन चाँडै उद्घाटन गरिने जानकारी समेत दिएका छन्। उनले सीमाक्षेत्रमा हुने सक्ने अवैध गतिविधिको सूक्ष्म निगरानी गर्न, समाजको सुरक्षाका लागि अहोरात्र खटिन तथा आफ्नो पदीय दायित्व त्रुटिरहित ढङ्गले पूरा गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए।
परिस्थितिअनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै, सुरक्षाकर्मीहरूले एक निर्भीक, इमानदार र वफादार राष्ट्रसेवकको रूपमा खटिनुपर्ने निर्देशन दिएको जानकारी दिएका छन्।
रौतहटमा हालैको जेनजी आन्दोलनपछि सुरक्षाको सवाल अझै संवेदनशील बनेको छ। आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा आगजनी र लुटपाट भएका घटनाले सीमाक्षेत्रलाई पनि जोखिमपूर्ण बनाएको छ। यस्तो पृष्ठभूमिमा डिआईजी ढकालको सीमा व्यवस्थापन र तस्करी नियन्त्रणसम्बन्धी निर्देशनलाई महत्वपूर्ण मानिन्छ।
भारतसँग खुला सिमा भएको कारण रौतहटमा अवैध कारोबार र लागुऔषध तस्करीको जोखिम बढी हुने गरेको छ। त्यसैले सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउँदा मात्र यस्तो गतिविधि नियन्त्रणमा आउन सक्ने देखिन्छ। साथै, सुरक्षाकर्मीहरूको मनोबल बढाउने र जिम्मेवारीपूर्वक खटिन प्रेरित गर्ने उनको सन्देशले जिल्लाको समग्र शान्ति–सुरक्षा सुदृढ पार्न सहयोग गर्ने अपेक्षा गरिएको छ
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend