काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बजार बन्द भएको छ ।
कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो । नेपाल स्टक एक्सेचञ्ज लिमिटेडले बजार २० मिनेट बन्द गरेर पुनः खोलेपछि ११ः २३ मा पुनः दोस्रो सर्किट लाग्यो ।
त्यसबेला बजार पाँच प्रतिशतले ओरालो लागेको थियो । दोस्रो सर्किट लागेपछि पुनः ४० मिनेट कारोबार बन्द गरियो । पुनः नेप्सेले १२ः०४ मा बजार खुला गर्दा नेप्से परिसूचक छ प्रतिशतले ओरालो लाग्यो । तेस्रो सर्किट लागेसँगै आजको कारोबार बन्द भएको हो ।
नेप्सेको अनुसार नेप्से परिसूचक १६० दशमलव ३३ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ११ दशमलव ९१ मा सीमित भएको छ । सीमित समयमा कूल ७२ करोड ८७ लाख दुई हजार ८३० बराबरको कारोबार भएको छ । भदौ २३ र २४ को विषम परिस्थितिका कारण बन्द भएको बजार आज खुलेको थियो ।
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend