Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


    बिहिबार, असोज २ २०८२
    750
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्ने भएको छ । प्रणालीमा २ खर्ब भन्दा धेरै तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत अधिक तरलता खिच्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा बुधबारसम्ममा २ खर्ब ४ अर्ब तरलता रहेको छ । त्यसैले केन्द्रीय बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब अधिक तरलता खिच्ने भएको हो ।

    उक्त निक्षेप संकलमा बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन् । यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । हाल प्रणालीमा देखिएको अधिक तरलताको अवस्थामा निक्षेप संकलनको ब्याजदर घट्ने संकेत गर्छ ।

    केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार