Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश १ सभा बैठक : मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेर बैठक स्थगित हुने


    आइतबार, माघ २५ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा आजै पेस हुने भएको छ । चार घण्टाबढी चलेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको हो ।

    १८ दिनपछि आज बैठक बोलाइएको थियो । तर, नेकपा केपी शर्मा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो । प्रचण्ड–नेपाल समूह भने आज जसरी पनि अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्नुपर्ने अडानमा थियो ।

    अन्ततः ओली समूह सहमत भएपछि आजै बैठक राखेर अविश्वासको प्रस्ताव पेस गरिने भएको छ । त्यसपछि भने संसद् स्थगित गर्ने सहमति भएको छ ।

    ओली समूहले अविश्वासको प्रस्ताव पेस भएपछि १५ दिन बैठक स्थगित गर्न माग गरेको छ । तर, यसमा सभामुखले निर्णय लिनेगरी कार्यव्यवस्था परामर्श बैठकमा सहमति जुटेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार