Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक अझै सुरु भएन, कार्यव्यवस्था परामर्श समितिकाे बैठक जारी


    आइतबार, माघ २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रदेश १ काे प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूह (केपी शर्मा ओली – रामहादुर थापा र पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल)बीच सहमति जुट्न नसकेपछि दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेकाे छैन् ।

    चार घण्टादेखि कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठकमा नेकपा ओली समूहका नेताहरूले बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताएका छन् भने प्रचण्ड–नेपाल समूहका नेताहरूले बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गरिनुपर्ने अडान राखेका छन् ।

    विपक्षी दलहरूले पनि बैठक सञ्चालन गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार