Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा नेकपा नेतृ भुसालले गरिन यस्ताे टिप्पणी


    आइतबार, माघ २५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको टिप्पणी गरेकी हुन् । उनले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने धारणा राख्दै यस्तो बताएकी हुन्।

    भुसालले लेखेकी छन्, ‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोश्रो बनाएको छैन है। लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुन्छ।’

    pampha status.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार