Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने


    आइतबार, माघ २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विरोध पत्र बुझाउँदैछन् ।

    अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ नेतृत्वका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई संसद विघटनविरुद्ध विरोध पत्र बुझाउन लागेका हुन् ।

    अनेरास्ववियूको तामाङ नेतृत्वको समूहले संसद विघटनविरूद्ध तेस्रो चरणका आन्दोलनको कार्यक्रम अन्तरगत विरोध पत्र बुझाउन लागेकाे हाे । तर समय निश्चित हुन बाँकी रहेको अनेरास्ववियूका एक नेताले बताए ।

    समय उपलब्ध भएसम्म प्रधानमन्त्रीलाई नै भेटेर, नभए सचिवालयमा विरोध पत्र बुझाउने योजना रहेकाे अनेरास्ववियूले जनाएकाे छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार