Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड


    मंगलबार, भाद्र ३१ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सुनको भाउले आज फेरि बनायो नयाँ कीर्तिमान बनाएको छ। आज (मंगलबार) सुनको भाउ तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो भाउ अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ बढी हो। सोमबार सुनको भाउ तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम थियो।

    यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य २ हजार ५९५ रुपैयाँ कायम भएको छ, जुन पनि अहिलेसम्मकै उच्च मूल्य हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार