विराटनगर । संविधानबिपरीत प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी ओली प्रदेशसभाको बैठक नै रोकेर सांसद खरिदबिक्रीमा लागेको छ । आज बोलाइएको प्रदेशसभा बैठक पनि ओली समूहले रोक्ने प्रयास गरिरहेको छ ।
प्रदेश १ को सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने भएको छ । गएको माघ ७ मा ५ मिनेट पनि नबसी स्थगित भएको बैठक आज २ बजेका लागि राखिएको छ । तर आजको बैठकमा मुख्यमन्त्री शेरधन राईको सरकारका बिरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई अगाडि नबढाउनका लागि सत्ता पक्ष नै अबरुद्ध गर्ने रणनीतिमा रहेको स्रोत बताउँछ ।
सत्तापक्षको रणनीति यस्तो देखिएपछि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा सरकारबिरुद्ध ल्याइएको अविश्वास प्रस्ताव अगाडि बढाउने ढंगले सभामुख अगाडि बढेमा सत्तापक्ष बैठक नै अवरुद्ध गर्ने दाउमा छ ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपा(प्रचण्ड–माधव) समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । ती सांसदलाई बैठकमा प्रवेश गर्न नदिने तयारी सत्तापक्षको छ । यदि प्रवेश गर्न दिएमा बैठक अबरुद्ध गर्ने रणनीति उनीहरुको छ । जुन कुरा
नेकपा ओली समूहका प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नै घोषणा गरेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend