Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमबार सुनचाँदीकै भाउ बढ्यो, चाँदीको हालसम्मकै उच्च


    सोमबार, भाद्र ३० २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आइतबार घटेको सुनको मूल्य आज बढेको छ। चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ बढेर दुईलाख १५ हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार एकसय रुपैयाँ थियो।

    गएको शुक्रबार सुनको मूल्य तोलाको दुईलाख १५ हजार आठसय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

    आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै महँगो भएको छ। चाँदीको मूल्य आज तोलाको पाँच रुपैयाँ बढेर दुई हजार पाँचसय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार