काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय बिग्रिएको सुरक्षा अवस्थालाई मध्येनजर गर्दै ८ जना प्रहरी उपरीक्षक (एसपी) थप गरिएको छ। प्रहरी प्रधान कार्यालयले आइतबारदेखि ८ जना एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए ।
काठमाडौँ जिल्ला प्रहरी परिसरको अपरेसन कमान्डरमा एसपी पवन भट्टराईलाई खटाइएको छ। भट्टराई यसअघि डीएसपी हुँदा पनि काठमाडौँ परिसरको अपरेसन कमान्डर थिए। अहिले उनी जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुख थिए ।
तर, काठमाडौँको सुरक्षा अवस्था बिग्रिएपछि उनलाई काठमाडौँ बोलाइएको हो ।
यस्तै उपत्यकामा विभिन्न क्षेत्रमा पनि एसपीहरु खटिने भएका छन् । एसपीहरू बालनरसिंह राणा, दीपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई विभिन्न क्षेत्रमा खटाइएको हो ।
यसअघि वृत्त अन्तरगत डीएसपीको कमाण्डमा खटिँदै आएका थिए। वृत्तको इन्चार्जहरू पनि अहिले सेवामा फर्किन थालेका छन्। प्रदर्शनकारीहरूले काठमाडौँको मालिगाउँबाहेक सबै वृत्त जलाएका छन् ।
ती जलेका वृत्तमा प्रहरी सरसफाइ गरिरहेका छन्। यस्तै केही संख्यामा नियमित काममा पनि फर्किएको खनालले बताए।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend